पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामूहिक रुपमा संक्रान्ति पर्व मनाएको छ ।
मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात ,पितृ र प्रकृति पूजा एवंसांंस्कृतिक पर्वको रुपमा मनाउने गर्छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले हाम्रो सम्पत्ति भनेकै यहाँ रहेका विभिन्न जातजातिको मौलिक संस्कृति भएकाले यसलाई जोगाइराख्नका लागि सामूहिक पहलको खाचो आंैल्याएका थिए । उनले आफनो भाषा र संकृतिको रक्षाका लागि फुटेर होइन, जुटेर अगाडी वढ्न आग्रह गर्दै वडाले यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै अगाडी वढ्ने विश्वास दिलाएका थिए ।
सोही अवसरमा मगर संघ कास्की महिला समितिका अध्यक्ष नुनुमाया थापा मगरले वुवा आमाको पेन्सनमा बाँच्ने प्रवृत्तिको अन्त्य गरी हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक इकाइ एक उत्पादनको अवधारणाले अगाडी वढ्न सक्नु पर्नेमा जोड दिएकी थिईन ।
सोही अवसरमा इकाई समितिका सस्थापक अध्यक्ष यमबहादुर थापा मगरले समुदायको जातीय अस्तित्व रक्षाका लागि पनि हिजो, आज र भोलिको अवधारणालाई आत्मसाथ गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनुपर्ने बताए ।
नेपाल मगर संघ बुढीवजार ईकाइ समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थकहादुर राजभाट, स्थानीय समाजसेवी ईश्वरीप्रसाद अधिकारी र निर्वतमान उपाध्यक्ष भीमकुमारी सारुलगायतले आफनो भाषा र संस्कृतिको संरक्षणका लागि अरु कसैको मुख नताकी स्वयमले नै घर परिवारबाट यसको थालनी गर्न सक्नुपर्ने विचार राखेका थिए ।





