काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न बुधवार आदेश दिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा थुनछेकको बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटी लिएर छाड्न आदेश गरेको हो ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर अघिल्लो बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।





