आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बढ्यो पेट्रोलियमको भाउ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि 

बढ्यो पेट्रोलियमको भाउ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि 


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८१, बिहिबार

पोखरा/  नेपाल आयल निगमले बुधवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएपछि यहाँ पनि सोही अनुसार बृद्धि भएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रतिलिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ । यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्ग अनुसार १५३ रुपैयाँ पर्ने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पर्नेछ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ । निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मटीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->