
काठमाडौं । पश्चिमी वायुको प्रभावले गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ । आज राति कर्णालीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।
लुम्बिनी प्रदेशमा आज दिउँसो पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । आज दिउँसो र राति बागमती प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एकई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा भने आंंशिक बदली रहने सम्भावना छ । मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादल मात्रै लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंंशिक बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।





