बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जिबी राईको राहदानी रद्द गर्न आदेश

जिबी राईको राहदानी रद्द गर्न आदेश


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८१, शुक्रबार

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न आदेश दिएको हो ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी विभागमा पत्र पठाएर रद्द प्रक्रिया अगाडि बढाउने आदेश भएको हो । ‘मुद्धा अदालतमा विचाराधीन छ । जिबी राई विदेशमा रहेको सूचना प्राप्त भएकाले राहदानी रद्द गरी कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यले अदालतले अनुमति दिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबी राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन राहदानी रद्द गर्न माग गर्दै जिल्ला अदालत कास्कीमा पुस २८ मा निवेदन दिएको थियो । पुस २९ कै लागि पेसी तोकिएको भए पनि त्यो दिन निवेदन हेर्न नभ्याइनेमा परेको थियो । जिबी राइ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन भएपछि सदस्यहरुले उनीसहित रवि लामिछाने लगायतलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । लामिछाने जिल्ला अदालत कास्कीको आदेशले ६५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->