सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरि बहुमुखी क्याम्पस प्रमुखमा डा. सिलवालको पदस्थापन

धौलागिरि बहुमुखी क्याम्पस प्रमुखमा डा. सिलवालको पदस्थापन

अर्थशाष्त्र, आर्थिक विकास, पर्यटन लगायतको क्षेत्रमा नियमित कलम चलाउने सिलवाल अब्बल प्राध्यापकको रुपमा चिनिन्छन् ।


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८१, आइतबार

बागलुङ/त्रिभूवन विश्वविद्यालयद्वारा हालै नियुक्त भएका धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ । आइतबार एक कार्यक्रमबीच निर्वतमान प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले सिलवाललाई पदस्थापन गराएका हुन् ।
उक्त अवसरमा नवनियुक्त क्याम्पस प्रमुख सिलवालले क्याम्पसको व्यवस्थापनलाई चुस्त बनाउने, शैक्षिक क्षेत्रलाई उचो बनाउने र नियमित भएका अन्य सबै राम्रा कामको निरन्तरता दिने बताए । उनले क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नेदेखि जिल्लाकै आर्थिक विकासको मेरुदण्डलाई अगाडि बढाउन पनि क्याम्पसको जनशक्तीलाई परिचालन गर्ने काममा साथ दिने बताए ।
अर्थशाष्त्र विषयअन्र्तगत विश्व बैंकको छात्रवृत्ति कोटामा ‘म्युनिसिपल फाइनान्स इन नेपाल’ शिर्षकमा उनले विद्यावारिधी गरेका थिए । उनको अध्ययनमा ‘अ स्टडी अफ वेस्टन डेभलपमेन्ट रिजन’ छनौट थियो । २०५५ सालमा त्रिवि सेवामा प्रवेश गरेका सिलवाल २०६१ सालमा उपप्राध्यापक भएका थिए । २०६८ सालमा विद्यावारिधी प्राप्त सिलवाल २०७० असार २९ गतेदेखि सहप्राध्यापक छन् ।
अर्थशाष्त्र, आर्थिक विकास, पर्यटन लगायतको क्षेत्रमा नियमित कलम चलाउने सिलवाल अब्बल प्राध्यापकको रुपमा चिनिन्छन् । उनले धौलागिरि बहुमुखी क्यामपसको अर्थशाष्त्र विभागीय प्रमुखमा १५ वर्ष बिताएका छन् । त्यस बाहेक व्यवस्थापन समितिमा ६ वर्ष, रोजगार समन्वय सेलको संयोजक र गण्डकी प्रदेश योजना आयोग विज्ञ सदस्यको रुपमा पनि कार्यरत छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ मुलपानी स्थायी घर भएका सिलवालको नियुक्तीले क्याम्पसको भविष्य थप उचाइमा पुग्ने निर्वतमान प्रमुख राम प्रसाद उपाध्यायले बताए । कार्यक्रममा क्याम्पस प्राध्यापक संघ, स्वतन्त्र बिद्यार्थी युनियन, कर्मचारी युनियन लगायतका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->