बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जलाउन लागेको शवलाई जव प्रहरीले अस्पताल लग्यो…

जलाउन लागेको शवलाई जव प्रहरीले अस्पताल लग्यो…


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८१, आइतबार

दाङमा लडेका भनिएका व्यक्तिको गोलि लागेर मृत्यु भएको खुलेको छ। माघ ३ गते दिउँसो ४ बजेतिर दाङको दंगिशरण गाउँपालिका-२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज नर्सिङ होममा रिफर गरिएको थियो।

बेलुका साढे ८ बजे अस्पतालमा उनको मृत्यु भएको थियो। माघ ४ गते सामान्य पोष्टमार्टम गरेर भेरी अस्पताल बाँकेले मृतकको बुवा अबिर कुसारीलाई शव जिम्मा लगाएको थियो।

अबिरले छोराको दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा घरमा प्रहरी पुग्यो। आफूले कुसारीको लडेर नभई गोलि लागेर मृत्यु भएको सूचना पाएपछि तत्काल घरमा पुगेको दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताए।

चार गते नै बुझाएको शव भोलिपल्ट बिहानै प्रहरीले फिर्ता ल्याएको थियो। ‘हामीले अस्पतालमा पनि बुझ्यौँ मृतकका बुबाले नै केही शंका छैन। छोराको लडेरै मृत्यु भएको भन्नु भएछ। त्यसपछि डाक्टरले पनि राम्रोसँग पोष्टमार्टम गरेनछन्। तर संकास्पद देखिएपछि पुनः पोष्टमार्टम गर्न फर्काएका थियौँ। दोस्रो पटक पोष्टमार्टम गर्दा शरीरमै गोली भेटियो’, एसपी तिमिल्सिनाले भने।

अनुसन्धानका क्रममा उनीहरु सिकार खेल्न जाँदा गोलि लागेको खुलेको हो। उनीसहित तीन जना सिकार खेल्न गएको र बन्दुक बोकेका व्यक्ति लड्दा गोली लागेको पुष्टि भएको एसपी तिमिल्सिनाले बताए।

गोली लागेर घाइते भएका कुसारीलाई लिएर अस्पताल पुगेका व्यक्तिहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। उनीहरु कुसारीको मृत्यु भएपछि फरार भएका थिए।

सोही गाउँका २२ वर्षका छबिलाल डाँगी र २७ वर्षका पुष्पलाल बस्नेतलाई तुलसीपुर बजारबाट प्रहरीले पक्राउ गरेको छ। राजाकोट सामुदायिक बनमा लुकाएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->