पाेखरा / नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा कास्कीका कृष्णबहादुर केसी सहित दश जना सदस्यहरु मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले बुधबार दश जनालाई सदस्यमा मनोनित गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको उक्त विभागको सदस्यहरु मानोनित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनित हुनेमा कास्कीका कृष्णसहित, सुमीत्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन) राधेश्याम पाठक (नवलपरासी) र ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला (परियार), नवलपुर रहेका छन् ।





