बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बुटवलमा रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडियो

बुटवलमा रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडियो


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८१, बुधबार

रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए । बुधबार उनको बयान सकिएको छ । बिहीबारबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->