बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश, बलात्कार मुद्दा अघि बढाउन परमादेश

एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश, बलात्कार मुद्दा अघि बढाउन परमादेश


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८१, बुधबार

काठमाडौं / उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ।

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।

बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो। महर एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्छन्। हाल केन्द्रीय सदस्य रहेका उनी अनेरास्ववियु केन्द्रीय अध्यक्षसमेत भएका थिए।

उनलाई केही समय कारबाही गरे पनि गत प्रदेश तथा प्रतिनिधि सभाको उपनिर्वाचनको मुखमा उनीमाथिको कारबाही फुकुवा गरी एमालेले पूर्ववत् जिम्मेवारीमा फर्काएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->