बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, सरकार स्थापना दिवस फागुन ४ को बिदा कटौती

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, सरकार स्थापना दिवस फागुन ४ को बिदा कटौती


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८१, शनिबार

पोखरा/ गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइन्थ्यो । । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने २०७४ फागुन ४ मा प्रदेश सरकार स्थापना भएकाले प्रदेश सरकारले सोही दिन दिवस मनाउथ्यो । उक्त दिन सार्वजनिक बिदा समेत दिदै आइएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अग्रसरतामा माघ २२ गते नै गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको हो । यस वर्षदेखि फागुन ४ गतेको बिदा पनि सरकारले कतौती गरेको छ । प्रदेश दिवस मनाउने सन्दर्भमा तयारीका लागि शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दिवसको तयारीका लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->