बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन् । शनिबार खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कँडेलसहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टारईले जानकारी दिए ।
समितिको महिला अध्यक्षमा तुलसी बुढा, उपाध्यक्षमा यज्ञ घिमिरे, सचिवमा बुद्धिबल चालिसे, सह– सचिवमा सरिता राना भुजेल, कोषाध्यक्षमा होम घर्ती, सह–कोषाध्यक्षमा मिनु घर्तीलगायत रहेका छन ।
अधिवेनको अबसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सदस्य खिमान्नद आचार्यले विभिन्न बाहानामा शिक्षकलाई फुटाउने काम भएको बताए । उनले अध्यादेशमार्फत् शिक्षकको हक अधिकार खोस्ने काम भएको बताउँदै यो या त्यो बहानामा शिक्षकमाथिको हस्तक्षेप मान्य नहुने पनि बताए ।
यस्तै नेकपा एमाले बागलुङका उपाध्यक्ष विष्णुप्रसाद भुसालले युवाको रुपमा गाँउघरमा अहिले शिक्षकमात्रै भएको भन्दै अध्यापनसँगै सामाजिक कार्यमा समेत शिक्षक पूर्णरुपमा लाग्नुप्रर्ने अबस्था आएको बताए ।
सो अबसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोट नगर कमिटी अध्यक्ष रामबहादुर खत्री, बडिगाड २ का वडाध्यक्ष ढालप्रसाद शेरचन, वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्य, नेकपा एमाले बडिगाडका अध्यक्ष कमलराज आचार्यले शिक्षा नितिमार्फत् संघ सरकार र शिक्षक दरवन्दीका विषयमा स्थानिय सरकारले शिक्षकलाई सास्ती मात्रै दिने काम भएको बताएका थिए ।
शैक्षिक जीवनबाट निवृत भएका संगठनका सदस्य झविलाल घिमिरे, दिलबहादुर थापा र प्रेमलाल खरेललाई सम्मान समेत गररिएको सो अबसरमा संगठनिक प्रतिवेदन सचिव यज्ञदत्त खरेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष झम शेरपुजाले प्रस्तुत गरेका थिए ।




