बुटवल / सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताको राखेको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप उनिमाथी थियो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश दिएको हो । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।





