बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वडा प्रहरी कार्यालय बैदामद्वारा ‘घरघरमा नेपाल प्रहरी’ अभियान सुरु’

वडा प्रहरी कार्यालय बैदामद्वारा ‘घरघरमा नेपाल प्रहरी’ अभियान सुरु’


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ नागरिकसंग सम्बन्ध सुधार गर्न र नागरिकका गुनासो संकलन गरी सम्बोधनसमेत गर्ने उद्देश्यसाथ वडा प्रहरी कार्यालय बैदाम, पोखराले आजदेखि ‘घरघरमा नेपाल प्रहरी अभियान सुरु गरेको छ । यस्तो अभियान कास्कीमा पहिलोपटक संचालनमा आएको हो ।

कास्की जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले फेवाताल किनारको बाराहीघाटस्थित फेवा डुंगा व्यवसायी समितिको भवनमा जानकारीमुलक स्टिकर टाँसेर अभियानको सुभारम्भ गरे । उक्त स्टिकरमा विभिन्न विषयमा इन्क्वायरी लिन मिल्ने क्युआर कोडसहित छ । विशेष गरी यो विदेशी नागरिकप्रति लक्षित र प्रविधिमैत्री रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले बताए ।

डिएसपी निरौलाका अनुसार अवदेखि कार्यालयबाट आफ्नो सेवा क्षेत्रका सबै घरमा प्रहरी कर्मचारी पुग्नेछन । उनीहरुले घरधनिको विवरणसबै लिनेछन् । साथै प्रहरीले गस्ती गरे नगरेको, चोरी बढेको, खानेपानी नआएको, बिद्युतलगायत कुनै पनि समस्याबारे सोध्छन । घरधनीले भनेका कुरा टिपोट गरेर ल्याउने र प्रहरीले गर्नसक्ने कामको प्रहरीले नै सम्बोधन गर्नेछ । अन्य कुनै पनि निकायलाई लक्षित गरिएका गुनासा सम्बन्धित निकायमै पठाइने निरौलाले बताए । ‘यसले एकातिर आफ्नो सेवा क्षेत्रभित्रको सबै विवरण संकलन हुन्छ’ उनले भने, ‘अर्कोतर्फ नागरिकसंग प्रहरीको सम्बन्ध सुधार हुने विश्वास लिएका छौ ।’

वडा प्रहरी कार्यालय बैदामको सोव क्षेत्रमा पोखरा महानगरपालिका ५, ६, ७, ८, ९, १७, १८, २१, २२, २३ र २४ नम्बर गरी ११ वटा वडा पर्छन । २०७८ को जनगणना अनुसार यी वडामा ४९ हजार ९ सय ४५ घर रहेका छन । ती सबै घरमा पुग्ने लक्ष्य राखिएको डिएसपी निरौलाले बताए । अभियान सुभारम्भ कार्यक्रमको अध्यक्षता पोखरा–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->