बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रिय परिचयपत्र ‘सुपर सिटिजनसीप’– सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय परिचयपत्र ‘सुपर सिटिजनसीप’– सञ्चारमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला प्रशासन कार्यालय कास्कीबाट सोमबार राष्ट्रिय परिचयपत्र लिएका छन । उनले राष्ट्रिय परिचय पत्रले सुशासन कायम गर्न महत्वपूर्ण भूमीका खेल्ने बताए । साथै आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रुपमा समेत लिनुप भन्दै उनले सरकारले हालै अध्यादेश मार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको जनाए ।

नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रवन्ध गरेको उनले बताए । ‘सुशासनका लागि समेत महत्वपूर्ण पाटो हो यो’ उनले भने, ‘सरकारले बैँकिङ कारोवार, राहदानी तथा मालपोतका लागि समेत राष्ट्रिय परिचयपत्रलई मुख्य आधार मान्ने छ । राष्ट्रिय परिचयपत्र उच्च प्रविधियुक्त भएकाले आधुनिक र भरपर्दो रहेको दावी गर्दै उनले बायोेमेट्रिक प्रणालीमा चल्ने भएकाले तलमाथि चोरी गर्न नसकिने दावी गरे । गुरुङ गण्डकी प्रदेशा संस्थापक मुख्यमन्त्रीसमेत हुन ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मन्त्री गुरुङलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराएका थिए । त्यस अवसरमा प्रजिअ पाण्डेले कास्कीमा हालसम्म २ लाख ७ सय १६ राष्ट्रिय परिचयपत्र प्राप्त भएकामा स्थानीय तहका वडा कार्यालयहरु मार्फत ७५ हजार सात सय १८ जनालाई वितरण गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->