पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्।
कास्की जिल्ला अदालतले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश नीतिज राईको इजलासले दिएको यो आदेशप्रति असहमति जनाउदै लामिछाने उच्च्मा पुगेका हुन । यस अघि सोही आदेशप्रती असहमति जनाउँदै उच्च सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेको छ।
लामिछानेले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।





