सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निसीखोलामा पालिकास्तरीय खोप अभिमुखीकरण कार्यक्रम

निसीखोलामा पालिकास्तरीय खोप अभिमुखीकरण कार्यक्रम


  • मिलन हमाल
  • माघ १४ २०८१, सोमबार

बागलुङ / जिल्लाको निसीखोला गाउँपालिकामा पूर्णखोप सुनिश्चिताको लागि पालिकास्तरीय खोप अभिमुखी कार्यक्रम सोमवार समपन्न भएको छ । निसीखोला गाउँ कार्यपालिका कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो ।
एच.पि.भी. खोप अभियानसंगै पूर्णखोप सूनिश्चिता तथा दिगोपन २०८१ कार्यक्रम अन्तरगत पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको लागि अभिमूखीकरण कार्यक्रम गरिएको हो । सो अवसरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम पनि भएको थियो ।
निसीखोला वडा नं. १ को वडा अध्यक्ष चन्द्रसिंह राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले कार्यक्रमको महत्वको वारेमा प्रकाश पार्दै खोप अभियानलाई सफल पार्न सवैपक्षको सहयोग रहने विश्वास ब्यक्त गरे ।
राजकुत स्वास्थ्यचौकीका प्रमुख सुनिल केसीले खोप अभियानको वारेमा जानकारी गराएका थिए भने वोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख टोप वहादुर चन्दले पूर्ण खोप वारेमा वताए । निसीखोला गाउपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तिमगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कसिन्द्र शाहीले गरेका थिए ।
निसीखोलामा यो अभियान माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->