बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको साइमन पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरीमा संलग्न २ पक्राउ

पोखराको साइमन पार्टी प्यालेसबाट १४ लाख रुपैयाँ चोरीमा संलग्न २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयले उक्त पैसा चोरी मुद्दामा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी २९ वर्षीया पूजा श्रेष्ठलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा आइतबार उनीहरुलाई बुटवल– ११ कालिका नगरस्थित एक होटलबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । माघ ११ गते राति करिब १ बजे साइमन पार्टी प्यालेसको कार्यालयबाट उक्त नगद चोरी भएको थियो । पक्राउ परेका आरोपितको साथबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ दुवैजनामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गर्न माघ १३ गतेदेखि लागु हुने गरी ६ दिनको म्याद थपिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->