पोखरा/ गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सोमबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । प्रदेशको ऐन आएपछि संघको ऐन आएकाले कतिपय प्रावधानहरु सच्याउनु पर्ने भएकाले संशोधन गर्नुपरेको मन्त्रालयका सचिव कुमानसिंह गुरुङले बताए ।
गुरुङका अनुसार ऐन संशोधनका लागि २१ वटा बुँदा समावेश गरिएको छ । प्रदेश व्यवसाय मञ्चको गठनादेश भए पनि त्यस विषयलाई अहिले ऐनमै समेट्न लागिएको छ । प्रदेश व्यवसाय मञ्च गठनका लागि २०७६ मै सरकारले गठनादेश बनाएको थियो । यसैगरी प्रदेश औद्योगिक क्षेत्र व्यवस्थापनका लागि नियमावली बनाउन जरुरी भएकाले त्यसलाई पहिलो ऐनमा समेटेर लैजान लागिएको हो । उद्योग तथा पर्यटन मन्त्रालयले दर्ता गराएको साझेदारी फर्मसम्बन्धी विधेयक प्रदेश सभाकै अर्थ तथा विकास समितिमा विचाराधीन छ । मन्त्रालयले अहिले खानी सम्बन्धी विधेयक प्रदेश सभामा दर्ता गर्ने तयारीमा छ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ २१ बाट सुरु हुदैछ





