सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाइने

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाइने


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८१, मंगलबार

बागलुङ/पछिल्लो समय उच्च शिक्षामा युवाहरु घट्दो दरमा छन् । धौलागिरि बहुमुखी क्याम्पसले भने युवालाई दक्ष जनशक्तीको रुपमा बिकास गर्ने योजना बनाएको छ ।
हालै नियुक्त भएका क्याम्पस प्रमुख सहप्राध्यापक सुर्दशन सिलवालले बैदेशिक पलायनका कारण बिद्यार्थी संख्या घटेपनि भएको जशक्ती गुणस्तर युक्त बनाउने बताए । उनले आफ्नो कार्यकालमा क्यामपसको छवि उचो बनाउने भन्दै कार्ययोजना समेत बनाएको दावी गरेका छन् । क्याम्पसमा भएका सबै बिद्यार्थी र शिक्षकलाई अनुसन्धानमूलक काममा लगाउने, बिद्यार्थीलाई कमाउँदै पढ्ने वातावरण सिर्जना गर्ने र पढाइपछि उचित रोजगारीका मार्ग प्रसस्त गर्ने समेत योजना अगाडि सार्ने जानकारी गराए ।
कामको दिगोपनाकालागि बिद्यार्थीहरुमा उद्यमी क्लब बनाउने, क्यामपस र समुदायलाई जोड्ने योजना बारे जानकारी दिएका थिए । धौलागिरि बहुमुखी क्याम्पसले केही समय अघि गुणस्तर प्रत्यायान सुनिश्चितता पाएको छ । ‘क्यामपसमा बिद्यार्थी संख्या घटेको हो, गुणस्तर बढेको छ’ सिलवालले भने, ‘अब हरेक बिद्यार्थी कुनै न कुनै उत्पादन, अध्ययन अनुसन्धान जस्ता बिषयमा दक्ष भएर निस्कन सक्नेछ ।’ क्यामपसले दिर्घकालिन बिकास योजना बनाएर ती बिषय लागू गर्दै आएको उनले दावी समेत गरेका छन् ।
क्यामम्पस संचालक समितिका अध्यक्ष प्राडा डिनबहादुर थापाले क्याम्पस अब आम नागरिकको भरोसाको केन्द्र बन्नुपर्ने बताए । त्यसकालागि क्याम्पसले दिने उत्पादन समाजकालागि उपयोगी हुनुपर्ने धारणा राखे । साथै समाजले चाहेको जनशक्ती क्यामपसले उत्पादन गर्ने र समाजले क्यामपसकालागि साथ दिने अभियान चल्नुपर्ने बताए ।
धौलागिरि बहुमुखी क्यामपसले ६२ औं स्थापना दिवश मनाउने कार्यक्रम सार्वजनिक समेत गरेको छ । उक्त अबसरमा आयोजित पत्रकार सम्मेलनमा सिलवालले कार्ययोजना र क्यामपसको दिगो भविष्यकालागि गरिने काम समेत सार्वजनिक गरेका हुन् । प्रविधिमैत्री बिकासलाईपनि क्यामपसमा जोड्ने उनको धारणा छ । स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाउने योजना पनि उनले सार्वजनिक गरे । दिवशको अबसरमा साताव्यापी कार्यक्रम मार्फत बिद्यार्थीलाई पनि परिचालन गराएको हो ।
मंगलवार बिहान भएको पत्रकार सम्मेलनमार्फत उनले खेलकँद बाहेक बौद्दिक क्षमता बिकासका कार्यक्रम समेत संचालन गर्ने जानकारी गराए । साथै क्याम्पसको गुणस्तर बिकास, भौतिक पूर्वाधार बिकास र बिद्यार्थीहरुको आर्कषणको केन्द्र बनाउने योजना समेत ल्याउने जानकारी गराए ।
२०१९ सालमा रात्रीकालिन क्याम्पसको रुपमा स्थापना भइ क्रमश क्याम्पसले विभिन्न शिक्षण गर्दै आएको छ । हाल धौलागिरि बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्मको पढाइ हुने गरेको छ । पछिल्लो समय बिज्ञान संकाय र बिबिएले क्यामपसमा आर्कषण थपेको छ भने पुराना बिषयमा बिद्यार्थी संख्या न्युन छ । स्वतन्त्र बिद्यार्थी युनियनको पहलमा क्याम्पसले गुणस्तर वृद्दिकालागि तथा खेलक्षेत्रको बिकासमा पनि कार्यक्रम गर्दै आएको छ । क्याम्पसमा अहिले छात्रा छात्रावास समेत संचालनमा छ । त्यस बाहेक हालै छात्र छात्रावासको निर्माणको काम शुरु भएको छ। कर्मचारी र प्राध्यापकहरुकालागि संचालित आबास अपुग भएकोले थप्ने योजना समेत थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->