आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण

काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

पोखरा/  नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।

प्रशिक्षणमा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिहरु सहभागि रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्तmा नवीन सिग्देलले जानकारी दिए । प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहने छ ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की काँग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाई छ । ‘यस्तो महत्वपूर्ण कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो,’ सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’ सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरु गठन गरी काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->