बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो ।

सोही अवसर पारेर विद्यालयमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य कोठा तथा पुस्तकालयको उद्घाटन समेत गरिएको छ । प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बाल्यकालको स्कुलको अवस्था सम्झदै आफुले पढेको विद्यालयले दिनप्रतिदिन प्रगति गरेको देख्दा खुशी लागेको वताए । उनले देशको शिक्षा निति धेरै पुरानो भएकोे कारण संघिय सरकारले शिक्षा ऐन परिमार्जन लागेको वताउँदै नयाँ शिक्षा ऐन लागु गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशका युवा लक्षित तथा माग वमोजिमको शिक्षा ऐन ल्याउने तरखरमा रहेको वताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयका सबै समस्याहरुको वारेमा आफुहरुलाई अवगत नै भएकोले वडाबाट गर्नुपर्ने भौतिक निर्माण तथा शिक्षकहरुलाई समयसापेक्ष तालिम प्रदान गरी नमुना विद्यायल वनाउन आफुले सक्दो पहल र सहयोग गर्ने वताउँदै वडा नं. ९ ले सबै विद्यालयको क्यालेण्डर एउटै बनाएर लागु गरेको वताए । त्यसैगरी उनले कक्षा १२ उर्तिण गरेका आर्थिक स्तिथि कमजोर विद्यार्थीहरुले वडामा सम्पर्क गर्न आएमा निशुल्क प्राविधिक विषय पढाई दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु गीता चर्मकार, नन्दराम गिरी र लक्ष्मी पहारी, पुर्व प्लस टु कोअर्डिनेटर हस्तबहादुर थापा, अभिभावक तथा बिब्यस सदस्य दलबहादुर दर्जी, शिक्षिका विष्णु पोखरेल, अक्षयकोष दाता श्याम राना, प्रेमप्रसाद गौतम, अभिभावक साबित्रा जिसी, विद्यार्र्थीहरु यमबहादुर दोङ र सितल थापा लगायतले वोलेका थिए । अक्षयकोष दाताहरु मन्त्री थापा, स्थानिय सुन्धरा बास्तोला, शिक्षक नवराज आचार्य, श्याम राना, लगायत अक्षयकोषदाता, शिक्षकहरु, विद्यार्र्थीहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा पोखरा ९ दरबारथोक निवासी श्याम राना तथा उहाँको परिवारको तर्फबाट स्वर्र्गीय बुबा बुद्धिबहादुर खवासको स्मृतिमा ३ लाख रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्षयकोष रकमको व्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्र्थीलाई पुरस्कार तथा आर्थिक अबस्था कमजोर विद्यार्थीहरुलाई आवश्यक सहयोग गरिने छ । त्यसै गरी पोखरा ९ की पुर्व विद्यार्थी तथा वडा सदस्य गिता चम्रकारले विद्यालय परिसरमा सरस्वतीको मुर्ति स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । विद्यार्र्थीहरुद्धारा विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुती राखेका थिए । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष जगतबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामदत्त पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन शिक्षकहरु जितबहादुर खनाल र आनन्दराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->