बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मधेशी पर्यटकलाई दोस्रो दर्जाको नागरिक बनाईएको गुनासो

मधेशी पर्यटकलाई दोस्रो दर्जाको नागरिक बनाईएको गुनासो


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’
मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए ।
उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई दुव्र्यवहार नगर्न पनि यहाँका पर्यटन व्यवसायीसँग आग्रह गरे ।
त्यसअघि घुमौं मधेश, बुझौँ मधेशका संयोजक तथा चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटोले पोखरामा रहँदा आफूहरुमाथि दुव्र्यवहार गरिएको गुनासो सुनाएका थिए ।
उनले भनेका थिए, ‘उपल्लो तहबाट त त्यस्तो भएन तर हामी यहाँ रहँदा दोस्रो दजाृको नागरिकको रुपमा व्यवहार गरियो । कम्तिमा पर्यटन व्यवसायीले यस्तो गर्न हुँदैनथ्यो । त्यसमा पोखरा कतै चुकेको जस्तो लाग्छ । म केही महिनापछि पोखरा आउँछु । त्यो बेला त्यस्तो नहोस् ।’
नयाँबजारमा जारी मेलामा मधेश प्रदेश सरकारले सो क्षेत्रका ४० वटा पर्यटकीय स्थलको जानकारी, संस्कृति एवं खानाहरुको प्रदर्शनी गरिहेको छ । त्यस्ता ४० वटा गन्तव्यमा जानकी मन्दिरदेखि गढीमाइ,कोशी टप्पुदेिख पर्सा राष्ट्रिय निकुञ्ज र सप्तगण्डकीसम्म रहेका छन् ।
‘सबै संस्कृति पस्कने मधेश आफैमा मौलिक छ । हामीकहाँ सबैभन्दा धेरै बली चढाइने गढीमाइ मेला पनि लाग्छ भने निजानन्द धामजस्तो ठाउँ पनि छ । निजानन्द धाम क्षेत्रको एउटा सिंगो गाउँमा माछामासु नै चल्दैन । पाल्दा पनि पालिँदैन ।’ उनले गर्मी र सितलहरको अनुभव लिन पनि मधेश आउनुपर्ने बताउँदै पाहुनाप्रति मधेशले भेदभाव नगर्ने र न्यानो आतिथ्यता प्रदान गर्ने बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले मेलामार्फत् सिंगो देशकै सम्भावनाको खोजी गरेको बताउँदै सबै प्रदेशका संस्कृतिदेखि उत्पादनसम्म एउटै थलोमा पस्कने अभियानलाई निरन्तरता दिने बताए ।
यस्तै मधेश प्रदेश उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयका ‘घुमौं मधेश, बुझौं मधेश’ संयोजक विकासकुमार ठाकुरले संस्कृति,खाना र संगीतमा मधेश अब्बल भएको धारणा राखे । कार्यक्रममा मधेश प्रदेश उद्योग,पर्यटन तथा वातावरण मन्त्रालयका प्रतिनिधि अजितकुमार महतो, पोखरा उद्योग वािणज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->