पोखरा/ कास्कीको रुपा गाउपालिका वडा नं ७ दाङसिमराङ्ग स्थायी घर भई पोखरा महानगरपालिका भित्र वसोवास गर्दै आएका भट्टराई महिला सञ्जालनको प्रथम अधिवेशनले नारायणी भट्टराइ (रक्षा) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
दाङसिमराङ्ग घर वा माईती भई पेशा ब्यवसायको रुपमा पोखरा महानगरपालिकाभित्र वसोवास गर्दै आएका भट्टराइ कुल परिवारका दिदी बहिनीहरुका विच एक आपसमा सहयोग आदानप्रदान देखि सुख दुःखमा साथ दिने उद्देश्यले गठित सञ्जालको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले पुन नारायणी भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत् गठन भएको सञ्जालको उपाध्यक्षमा पार्वती भट्टराई, सचिवमा उर्वरा भट्टराई, सह सचिवमा सुनिता भट्टराई र कोषाध्यक्षमा सिन्धु भट्टराईलाई चयन भएका छन् भने सदस्यहरुमा तारा भट्टराई, शिव भट्टराई, शुष्मा भट्टराई, शान्ति भट्टराई, रीता भट्टराई, रत्ना भट्टराई, मुना भट्टराई र लक्ष्मी भट्टराई रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै सस्थापक सल्लाहकार विष्णुमाया भट्टराईले पेशा र कामको सिलसिलामा वाहिर रहेका पनि आफनो थाक थालोको विकासका लागि सवैले आ आफनो ठाउबाट सहयोग गर्नु पर्ने वताएकी थिईन । सोही अवसरमा परिवारको तर्फबाट रविन्द्रनाथ भट्टराई, सञ्जालकी सदस्य फाल्गुणी भट्टराई, जेष्ठ सम्मानित सदस्यहरुको तर्फबाट कुसा भट्टराई,सम्मानित वावु नानीहरुको तर्फबाट डा. शशांक भट्टराई, सदस्यहरुको तर्फबाट शुष्मा भट्टराई र सुनिता भट्टराई लगाएतले सस्था स्थापनाको आवस्यकता औचित्यका बारेमा जानकारी गराएका थिए ।
सञ्जालकी अध्यक्ष नारायणी भट्टराई (रक्षा) को अध्यक्षतामा भएको कार्यक्रममा सञ्जाल भित्रका जेष्ठ ५ जना सदस्य,स्नातक तह पास गर्ने वावुनानीहरु ८ जना र गत वर्षको एसईई उत्तिर्ण ५ जनालाई सम्मान गरिएको थियो ।





