बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राज्यले सहिद घोषणा नगरेका ऋषिको सालिक अनावरण

राज्यले सहिद घोषणा नगरेका ऋषिको सालिक अनावरण


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८१, बिहिबार

पाेखरा/ राज्यले सहिद घोषणा नगरे पनि पाटी विशेष र जनस्तरबाट सहिदका रुपमा पुजिदै आएका ऋषि परियारको ३४ वर्षपछि अर्धकदको शालिक निर्माण गरिएको छ । पञ्चायत विरुद्धको संयुक्त जनआन्दोल २०४६/४७ क्रममा कास्कीको जिल्ला पञ्चायत अगाडी सहिदचोकमा सुरक्षा फौजको गोलीबाट २०४७ वैशाख १७ साहादत प्राप्त गरेका पोखरा २९ का ऋषि परियारको ३४ वर्ष पछि पोखरा महानगरपालिका वडा नं २९ ले सहिदको सम्मानस्वरुप पुलचोकमा अर्धकदको शालिन निर्माण गरि बुधावार सहिद दिवसको अवसरमा अनावरण गरिएको हो ।

०४६ चैत्र २६ गते पञ्चायती ब्यवस्थाको अन्त्यसगै दलमाथीको प्रतिवन्द हटेपछि २०४७ वैशाख १६ गते तत्कालीन कास्कीको जिल्ला पञ्चायत कार्यालयमा आगो लागी गराएर प्रमाण नष्ठ गर्ने घटनाका विरुद्ध आन्दोलन सुरु भएकै दिन वैशाख १७ गते ऋषि परियार सहित झपेन्द्र कार्कीको गोली हानी हत्या गरिएको थियो । सोही घटनामा घाईते भएका पोखरा ६ का खेम पहारी भने अहिले जिउदो सहिदका रुपमा परिचित छन् ।  राज्यको तर्फबाट हत्या गरिएका परियार र कार्कीलाई भने अहिलेसम्म राज्यले सहिद घोषणा गरेको छैन भने सहिद परिवारले राज्यबाट पाउनु पर्ने सुविधा समेत नपाएको गुनासो सहिद पत्नी ईन्द्रमाया परियारको छ । वि स २००८ सालमा जन्मिएका परियारले ३९ वर्षको उमेरमा ज्यान गुमाउनु परेको थियो । स्वर्गीय परियार तीन छोराहरु मध्य दुई जना रोजगारीको लागि विदेशमा छन् भने एक छोरा जटिल रोगका कारण मानवसेवा आश्रम हेम्जामा रहेको परिवारको भनाई छ ।

यसैविच सहिद दिवसको अवसर पारेर निर्माण गरिएको ऋषि परियारको शालिक अनावरण गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्माले ऋषि परियारलाई राष्ट्रिय सहिद घोषणा गर्नु पर्छ भनेर वारम्वार प्रयास गरेपनि आफु असफल भएकोमा लज्जावोध भएको स्पस्ट पारेका थिए ।  कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले ऋषि र झपेन्द्र केवल कुनै पाटी विशेषको सहिद नभई राष्ट्रिय सहिद भएको बताएका थिए । एमाले कास्की जिल्ला अध्यक्ष वैनवहादुर अधिकारी क्षेत्रीले उनीहरुको वलिदानीलाई सहिद दिवसको दिन र शालिक निर्माण गरेर मात्र नपुग्ने वताउदै वास्तविक सहिदको पहिचान गरि योगदान र सहिद परिवारका वारेमा राज्य उत्तरदायी हुनुपर्ने बताएका थिए ।
सोही अवसरमा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव धनबहादुर नेपालीले सो घटनाको आफु प्रतक्ष्यदर्शी भएकाले उनीहरुलाई राज्यले निर्दोश रुपमा ताकेरै गोली हानी हत्या गरेकाले राष्ट्रिय सहिद घोषणा गर्नु पर्ने माग राखेका थिए ।

पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कागे्रस वडा नं २९ का कार्यवहाक सभापति चिनवहादुर गुरुङ, वडा सदस्य सुकमाया सुनार, कर्मचारी त्रिलोचन लामिछाने र स्थानीय पुलचोक वगादी टोल विकास सस्थाका अध्यक्ष सन्तोष हमाल लगाएतले सहिद ऋषि परियारका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->