काठमाडौँ / भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको हो ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेलरमट्टितेलमा ३र३ रुपैयाँ बढाएको थियो ।





