आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकामा फेरि विमान दुर्घटना (भिडिओसहित)

अमेरिकामा फेरि विमान दुर्घटना (भिडिओसहित)


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८१, शनिबार

काठमाडौँ /अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स दुर्घटना भएको हो। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ।

विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका संरक्षक थिए। मेयर चेरेले पार्करका अनुसार मृत्यु हुनेको कुल संख्या अझै थाहा हुन सकेको छैन। उनले भनिन्, “धेरै घर र सवारी साधनहरू प्रभावित भएका छन्।” एफएएको एक विज्ञप्तिअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो।

विमान साँझ ६:३० बजेतिर दुर्घटनाग्रस्त भयो। अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडियोमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

भिडिओ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->