बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लगानीमैत्री वातावरण बनाउन अध्यादेश: मन्त्री पाण्डे

लगानीमैत्री वातावरण बनाउन अध्यादेश: मन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८१, शनिबार

बागलुङ / संस्कृति, पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्रि प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन् । नेपालका कतिपय कानूनका कारण निजीक्षेत्रले असहज महशुस गरेको र तत्काल ऐन बनाउन सम्भव नभएकाले सरकारले अध्यादेशको बाटो रोजेको उनको भनाई थियो ।
ठुला दुईपार्टी मिलेर बनेको सरकारले समेत सर्वसाधारणका समस्यासँग जोडिन नसकेको गुनासो बढेकाले तत्कालिन बाधा फुकाउन अध्यादेश ल्याएको पाण्डेले बताए । “अध्यादेश लगानिमैत्री वातावरण बनाउन ल्याएको हो” मन्त्री पाण्डेले भने “सरकारले मात्रै सबैलाई रोजगारी दिन सक्दैन, निजी क्षेत्रले लगानी गर्ने वातावरण बन्दा देश र जनता सबैलाई फाईदा हुन्छ ।
उनले अध्यादेश अन्तिम कानून नभएको समेत बताए । सार्वभौम संसदले अध्यादेशमा रहेका त्रुटीहरु सच्याउने र छुटेका बिषय समावेश गर्ने अधिकार सुरक्षीत रहेको उनको जिकीर थियो । पाण्डेले वर्तमान सरकार पर्यटनका क्षेत्रमा सम्भावनाका खोजी गर्ने काममा लागिरहेको बताए ।


नेपाल उद्योगा बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ बजारमा सुरु गरेको होटल इला कम्फोर्टको शनिबार उद्घाटन गर्दै पाण्डेले पर्यटकको चाहना अनुसारका पर्यटनका संरचना बनाउनुपर्नेमा जोड दिए ।
होटलको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले देशका गाउँ गाउँमा पर्यटनको सम्भावनाको उजागर गर्न नीजिक्षेत्रको भुमिका प्रभावकारी देखिएको बताए । उनले देशलाई खुल्ला संग्राहलय बनाउन सकिने सम्भावना रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिपक गिरी, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले बोलेका थिए । होटल सञ्चालक ढकालले जिल्लामा अपुग रहेको पर्यटकको बासस्थान पुरा गर्न होटल सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->