बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोटीहोम गर्नका लागि पोखरामा अनुमति छैन– महानगरप्रमुख आचार्य, चौताराका रुख काट्नेलाई कारबाही गर्ने

कोटीहोम गर्नका लागि पोखरामा अनुमति छैन– महानगरप्रमुख आचार्य, चौताराका रुख काट्नेलाई कारबाही गर्ने


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०८१, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले आज एक अत्यन्तै जरुरी सार्वजनिक सूचना जारी गर्दै, कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी काटिएको गुनासो तथा प्रमाणहरु प्राप्त भएको जनाएको छ।

महानगरपालिकाले अनाधिकृत रूपमा रुख कटान गर्ने कार्य कानूनी दृष्टिले दण्डनीय हुने भएकोले, यस कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारवाही गरिने जनाएको छ । यस विषयमा सम्पूर्ण नगरवासीलाई ऐतिहासिक चौतारी र रुख विरुवाहरूको संरक्षणमा प्रतिवद्ध बन्न अनुरोध गरिएको छ।  महानगरपालिकाले अनुगमन कार्यलाई तीव्र पार्दै, काटिएका रुखहरूको विवरण संकलन गर्ने र अनधिकृत रुपमा रुख कटानमा संलग्न व्यक्तिको पहिचान गर्दै कानूनी प्रक्रिया अघि बढाउने कुरा पनि सूचित गरेको छ। मानव सेवा फाउण्डेशनले आगामी वैशाखमा पोखराको लेकसाइडमा महायज्ञ गर्ने र महायज्ञका लागि दाउरा चाहिने भन्दै फाउण्डेशनले धमाधम रुख काटेको स्थानीयले बताउँदै आएका छन् ।
अनुमति बिना सार्वजनिक स्थानमा रहेका रुख तथा बिरुवाहरु कटान र बिक्रीवितरण गर्न नपाईने भन्दै महानगरले आफ्नो टोल छिमेकमा रहेका ऐतिहाुिसक चौतारी तथा रुख बिरुवाहरुको संरक्षणमा प्रतिवद्ध बन्न नगरबासीलाई अनुरोध पनि उक्र सूचनामा गरिएको छ । साथै काटिएका रुखहरुको विवरण संकलन गरिरहेको पनि उसको भनाइ छ ।

यसैबीच महानगरप्रमुख धनराज आचार्यले फेसबुकमा एक स्टाटस लेख्दै माछापुच्छ्रे हिमालको कालोपन र तापमानको वृद्धिप्रति चिन्ता व्यक्त गर्दै महानगरले २ लाख २६ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको जानकारी दिएका छन् । आचार्यले स्टाटसमा भनेका छन्, ‘पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा सयौं वर्ष पुराना वर, पीपल, र स्वामीका रुखहरूको निर्मम कटाननले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याउँछ। यसबाट उत्पन्न हुने समस्यामा स्थानीय प्रशासन र महानगरपालिकाले कुनै कोटिहोम आयोजना गर्न अनुमति दिएको छैन।’

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->