बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विजयपुर सिंचाई प्रणालीको २४ औं साधारण सभा

विजयपुर सिंचाई प्रणालीको २४ औं साधारण सभा


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

लेखनाथ/कास्कीको पोखरा महनगरपालिका वडा नं २६, २७, २९ र ३० को कृर्षियोग्य १२८० हेक्टर भुमिमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्नभएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले संघ र प्रदेशले स्थानीय निकायसँग समन्वय नगरी काम गर्दा विकास निर्माणको कामले गति पाउन नसकेको धारणा राखेका थिए ।
संघ र प्रदेशमा प्रतिनित्व गर्ने सासंदले स्थानीय निकायसँग समन्वय नगरी आफनो पाटी विशेषका कार्यकर्ताहरुसँग राय सुझाव लिएर विकास निर्माणका योजना बनाउने गर्दा विकासले जुन गति लिनु पर्ने हो सो अनुसार नभएको गुनासो राखेका हुन् ।
कार्यक्रममा सिंचाई जलस्रोत तथा ब्यवस्थापन आयोजना कास्कीका ईन्जिनियर नरजंग गुरुङले किसानका आवस्यकता अनुसार राज्यले रकम विनियोजन नगर्दा र समय समयमा आउने बाढी पहिलो र भुक्षयका कारण क्षती पुगेका ठाउँमा तत्काल बजेट निकासा नहुदाँ किसानहरु मर्कामा परेको र राष्ट्रिय उत्पादनमा नै कमि आएको उनको भनाइ थियो ।
विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता संस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बेगनास सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष पुष्पराज भण्डारी, सेती सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बलराम कुवँर, भगवती हाईडो पावरका निर्देशक बसन्त मोहन भटराई, संस्थाका पुर्व उपाध्यक्ष डम्बर बहादुर थापा र सम्पुर्ण उपभोक्ताहरुको तर्फबाट कृष्णकुमारी शर्मा लगाएतले आफनो धारणा राखेका थिए ।
संस्थाका सचिव धर्मदत्त वरालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले धन्यवाद ज्ञापनसहित सिंचाईलाई ब्यवस्थित तरिकाले संचालन गर्नका लागि राज्य मौन रहेकाले आगामी दिनमा कुनै समस्या आए स्थानीय निकायमा नै वजेटका लागि माग गर्नुपर्नेमा जोड दिएका थिए ।
ब्यवसायिक पाँच जना तरकारी उत्पादक किसानलाई सन्मान गरिएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव धर्मदत्त वरालले प्रगति विवरण पेश गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश प्रसाद गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->