पोखरा/ प्रहरीले एक साताको अवधिमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच गर्द स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । यही माघ १४ गतेदेखि आइतबारसम्म चेकजाँचका क्रममा यी मोटरसाइल नियन्णत्रमा लिई आवस्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरामा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध पनि गरेको छ ।





