बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

पोखरा/  सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले पुनः भिम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी, प्रथम उपाध्यक्षमा विष्णु सुवेदी, द्वितीय उपाध्यक्षमा प्रेम पहारी, महासचिवमा घनश्याम तिम्सिना, सचिवमा शम्भुराम पाण्डे, कोषाध्यक्षमा गुप्तबहादुर कार्की, सहकोषाध्यक्ष धनबहादुर विक रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा आसविर नेपाली, दोर्चे तामाङ, सिर्जना सापकोटा, लक्ष्मी केसी सिंह, शरा वोगटी, इन्द्रप्रसाद दाहाल, नारयण प्रसाद पौडेल, मिना ढकाल, मिनमाया श्रेष्ठ, र कमला वज्राचार्य रहेका छन् । संस्थाको १८ औं साधारण सभा तथा १० औं अधिवेशन विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलिया, प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहा, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार भिमप्रसाद काफ्ले, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की पूर्व अध्यक्ष गोमा ढकाल, सीता गुरुङ सम्मानित भएका थिए ।

त्यसैगरी सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीमा रहेर काम गरेका प्रहरी कर्मचारीलाई पनि सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व प्रहरी निरीक्षक भरत पौडेल, पूर्व प्रहरी नायव निरीक्षक शारदा कार्की, प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी, प्रहरी निरीक्षक रेशमलाल पौडेल, प्रहरी वरिष्ठ नायव निरीक्षक मेघराज श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक रामचन्द्र केसी, पूर्व प्रहरी नयाव निरीक्षक अधिवत्ता टंकप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक सुमन निउरे, प्रहरी नायव निरीक्षक गोविन्द केसी, प्रहरी हवल्दार दिपक ढकाल, प्रहरी सहायक हवल्दार पार्वती राईभाट, पूर्व प्रहरी बविता मल्ल रहेका छन् ।

त्यसैगरी प्रहरी उपरीक्षक सन्तोष निरौला, प्रहरी उपरीक्षक श्रवण कुमार विक, प्रहरी उपरीक्षक वसन्त कुमार शर्मा, प्रहरी वरिष्ठ नायव निरीक्षक विद्यधर त्रिपाठी, प्रहरी सहायक हवल्दार मान बहादुर पुजरा, प्रहरी सहायक हवल्दार तारा प्रसाद पंगेनी, प्रहरी जवान संगिता खनाललाई प्रशंशा पत्र प्रदान गरिएको थियो । सहयोगि संघ संस्थाहरुमा राईटफर चिल्ड्रेन, होटल प्रतिनिधि समाज पोखरा, नवजिवन नेपाल, हाम्रो परिवार नेपाल, प्रगात कायस्थ, मदरल्याण्ड माविलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।

कास्कीका सामुदायिक सेवा केन्द्रमा आवद्ध सदस्यका छोरा छोरी को तर्फ बाट एसर्ईईमा उत्कृष्ट हुने सुस्मिता तिवारी र निरव पहारीलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, पूर्व अध्यक्ष तथा सल्लाहकार लाल बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार सोमनाथ बाँस्तोला, पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु भट्टराई, निर्वतमान अध्यक्ष बोधराज कार्की, पोखरा ९ का वडा अध्यक्ष तथा पदेन सल्लाहकार दिपेन्द्र मर्सानी, स्वास्थ्य सल्लाहकार दिपक पौडल र कानुनी सल्लाहकार नारयाण प्रसाद शर्मालाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।  त्यसैगरी संस्थापक समिति तर्फ उपाध्यक्ष मायादेवी तझ्या, सचिव मिनप्रसाद भट्टराई, सहसचिव शिवप्रसाद चालिसे र सदस्य कृष्ण थापालाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->