बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि, कार्यसूचीमा निजामती सेवा ऐन अध्यादेश पेश र शोक प्रस्ताव पारित

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि, कार्यसूचीमा निजामती सेवा ऐन अध्यादेश पेश र शोक प्रस्ताव पारित


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट बस्दैछ । माघ ८ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठकको आव्हान गरेका हुन् ।

अधिवेशनको पहिलो दिन आज सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले केही दिन अघि जारी गरेको प्रदेश निजामति सेवा ऐन संसोधन सम्बन्धी अध्यादेश पेश गर्नेछन् । यसैगरी प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी एवं उपसचिव प्रेम सुवेदीले जनाए ।

१ सय ३२ दिनपछि प्रदेश सभा बैठक बस्न लागेको हो । वर्षे अधिवेशन गत असोज ८ मा सकिएको थियो । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभाको आगामी बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय गरेको छ । प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक विचाराधीन छन् । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत, सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन् ।

संसद आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको थियाे । लोकसेवा आयोगको सुझावसमेत नमानेर करारमा कर्मचारी राख्न ल्याएको गण्डकी प्रदेश निजामती सेवा ऐन संशोधन अध्यादेश आज सभामा टेबल हुन लागेको हो । उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माघ १५ मा दर्ता गराएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->