बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा मंगलबार बिदा

गण्डकीमा मंगलबार बिदा


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय। तस्वीर: ढोरपाटन

गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन  गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएकाे एक मन्त्रीले बताए । गण्डकी प्रदेश सभाको स्थापना २०७४ माघ २२ मा भएको हो । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ फागुन ४ मा प्रदेश सरकारको स्थापना भएको थियो । माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->