बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढिकुरपोखरी समाज पाेखराको शैक्षिक, सामाजिक संस्थालाई सहयोग

ढिकुरपोखरी समाज पाेखराको शैक्षिक, सामाजिक संस्थालाई सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार

पोखरा/ ढिकुरपोखरी समाज पोखराले आफ्नो १८ औं स्थापना दिवसका अवसरमा जन्मथलोका शैक्षिक तथा सामाजिक संस्थामा सोमबार विभिन्न सहयोग गरेको छ । समाज कास्कीको साविक ढिकुरपोखरी गाविस (हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर १, २ र ३) जन्मेर पोखरामा आई विभिन्न पेशा, व्यावसायमा संलग्नहरुको संस्था हो ।

समाजका अध्यक्ष लक्ष्मी अधिकारीका अनुसार तीनवटै वडा समेट्ने गरी छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो । समाजले वडा नम्बर १ को लहरी सामुदायिक आधारभूत विद्यालयका सबै विद्यार्थीलाई विद्यालय पोशाक बितरण गरेको उनले बताइन् । यसैगरी वडा नम्बर २ को ज्येष्ठ नागरिकहरुको धार्मिक, सामाजिक अद्वैत संस्था ढिकुरपोखरी शाखालाई दराज, कुर्ची र चकटीहरु उपलब्ध गराइएको छ । साथै वडा नम्बर ३ को लक्ष्मी आधारभूत विद्यालयमा प्रिन्टर, फोटोकपी र स्क्यानर मेशिन एवं विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण र बितरण गरिएको अधिकारीले बताइन् । ‘यो सहयोगले पक्कै शैक्षिक र सामाजिक क्षेत्रमा केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास गरेका छौ’, अध्यक्ष अधिकारीले भनिन, ‘आगामी दिनमा पनि समाजले यस्ता रचनात्मक क्रियाकलापलाई निरन्तरता दिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->