बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८१, मंगलबार

पोखरा/ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी अध्यक्षमा दोहोरिएका हुन् ।

पोखरामा आज सम्पन्न सेन्टरको तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत भए । निर्वाचन समितिका सदस्य विभु भुसालका अनुसार महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भए ।

सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->