सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८१, मंगलबार

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि विभिन्न कार्यक्रम गरेर मनाइएको दिवश मंगलबार मुल समारोह गरेर समापन भएको हो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गुणस्तरीय शिक्षा पाएको बालबालिका र स्वास्थ्य नागरिकबाट मात्र देश विकास हुन सक्ने बताए । उनले हरेक नागरिकले गुणस्तरीय शिक्षा पाउन जति जरुरी छ त्यति नै स्वस्थ्य भएर बाँच्न पाउने अधिकार पनि भएको भन्दै शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताए ।
उनले मंगलबारदेखि नै शुरु भएको खोप अभियानले पनि स्वस्थ्य नागरिक अभियानमा साथ मिलेको बताए । नेपाल सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समूहका किसोरीलाई पाठेघर मुखको क्यान्सर बिरुद्दको खोप समेत चलाएको छ । हरेक विद्यालय तहमै खोप लगाउने व्यवस्था प्रदेश जनस्वास्थ्य कार्यालयले मिलाएको छ । मन्त्री पाठकले पनि उक्त खोपलाई पूर्ण रुपमा कार्यान्वयन गरेर भोलीको लागि स्वस्थ आमा उत्पादन गर्नुपर्ने समेत बताए ।
विद्यालय तहको शिक्षा व्यवहारिक बनाउन सबैको पहल हुनुपर्ने भन्दै पाठकले अभिभावक सचेतना, शिक्षकहरु सक्षम बनेर लाग्दा मात्रै सोचेजस्तो सफलता मिल्ने पनि बताए । गण्डकी प्रदेश सरकराले पनि नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको भन्दै विद्यालयको शिक्षण अभियान र वार्षिकोत्सवको पनि सफलताको शुभकामना दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाईको संचालन र शिक्षकहरु पुष्पा अधिकारी र सुनिता कुँवर क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कृष्ण अधिकारीले विद्यालयको प्रगती प्रतिवेदन पेश गरेका थिए । उनले प्रतिवेदनमा सिकाइ अभियानलाई प्रभावकारी बनाउने योजना सुनाए ।
उक्त कार्यक्रममा भूमि आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्याल, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, वडा नं. १ का अध्यक्ष जयबहादुर खत्री, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, अभिभावक धनबहादुर परियार, रुद्रे पिपल माविकी पूर्व प्रअ ममतदेवी शर्मा, प्याब्सनका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, एन प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा, नेत्र न्यौपाने, वडा नं. १ की सदस्य शान्तिदेवी शर्मा, अभिभावक थानेश्वर सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै उक्त अवसरमा विद्यार्थीहरुले नृत्य, नाटक र खेल प्रर्दशन गरेका थिए । वार्षिकोत्सव अवधिभर भएका प्रतियोगिताका विजयीलाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->