बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरले जफत गर्‍यो

कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरले जफत गर्‍यो


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८१, बुधबार

पोखरा/ कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले बुधवार जफत गरेको छ । लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरीले जफत गरेको हो।

मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख बिना स्वीकृति मुठारेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुखका हाँगाविगा सबै काट्दा पनि केही नगरेर महानगरले मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् । तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । महानगर प्रमुख धनराज आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->