पोखरा/सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर सुरु गरे ।
शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिन्छ ।
वार्षिक कार्ययोजना अनुसार तालिका बनाएर देशभर नै घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए । शिविरमा ६ जना कर्मचारीले सेवा दिएका छन् । कास्कीसहित स्याङ्जा, मुस्ताङका सञ्चारकर्मीले पनि शिविरबाट सेवा लिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।





