बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

पोखरा/  नेपाल कानून व्यवसायी परिषद्को गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् ।प्रजातान्त्रिक कानून व्यवसायी (डिएलए) का तर्फबाट उम्मेदनवार बनेका गौतमले पिपिएलएका उम्मेदवार नारायणप्रसाद शर्मालाई ७८ मतान्तरले पराजित गर्दै ५ वर्षका लागि पार्षद् सदस्य निर्वाचित भएका हुन् ।

गौतमले ३ सय १२ मत प्राप्त गरे भने शर्माले २ सय ३४ मत प्राप्त गरेका थिए । निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माका अनुसार गण्डकी प्रदेशबाट मनाङ र मुस्ताङबाहेक कुल ६०५ मतदाता थिए ।उच्च  अदालत पोखरा बार एसोसिएसनका पूर्वअध्यक्ष गौतम करिब ३० वर्षदेखि वकालत पेसामा क्रियाशील छन् ।परिषद्को पार्षद् सदस्यका लागि शनिबार देशका ७ प्रदेशमा एकैपटक मतदान भएको हो ।

नेपाल कानून व्यवसायी परिषद् कानून व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था हो । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरुको निर्वाचन मण्डलबाट सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्था छ । महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानून व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद चयन हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->