बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पचभैया कोट देउरालीमा एक करोड दिप प्रज्वलन गरिदैं

पचभैया कोट देउरालीमा एक करोड दिप प्रज्वलन गरिदैं


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३१ मा रहेको धार्मिक पर्यटकीय स्थल पचभैया कोट देउरालीमा एक करोड दिप प्रज्वलन गरिने भएको छ । पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिले स्वस्थानी विशेष एक करोड दिप प्रज्वलन गर्न लागेको हो । देवी देउराली मन्दिर ऐतिहासिक पवित्र धार्मिक स्थल हो । परापूर्व कालमा जोत्ने क्रममा हलाको फाली ढुङ्गोमा जोतिएर जोत्ने गोरुहरू ठहरै भएको हुँदा उक्त ढुंगा तथा शिलालाई देवीको रूप मानेर आरध्य देवी भगवती भन्ने गरिएको किम्बदन्ती रहेको ज्योतिष पण्ति कृष्ण प्रसाद गौतमले बताए । उनका अनुसार अहिलेसम्म भक्तजनहरूबाट एक करोड ५६ लाख बत्ती अर्पण र प्रसादका लागि ७ लाख रुपैयाँ सङ्कलन भएको छ । प्रत्येक दिन मध्यान्न १२ बजे कथावाचन बेलुका ६ देखी ७ बजे कथावाचन र बेलुका ८ बजेबाट १० बजेसम्म भजन किर्तन हुने उनको भनाइ छ । ‘अहिलेसम्म १ लाख भक्तजनहरूले अवलोकन गरिसक्नुभएको छ । अझै पनि सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पुण्य लाभ लिनका लागि शीर्षस्थानी एक करोड दिप प्रज्वलन कार्यक्रममा उपस्थिति भई पुण्य लाभ लिन अनुरोध गर्दछौं’ ज्योतिष गौतमले भने ।
२०५६ सालमा दर्ता भई ६० सालमा ठूलो महायज्ञ लगाई कलात्मक मन्दिर निर्माण गरिएको थियो । मन्दीरमा हरेक वर्षको माघ २९ गतेबाट फागुन ३० गतेसम्म विशेष रूपमा देउराली मन्दिरमा सामयिक रूपमा कर्ता बसी श्रीस्वस्थानी विशेष एक करोड दिप प्रज्वलन गरिदैँ आइरहेको छ । मन्दीर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले स्वास्थानीको अवसरमा दीप प्रज्वलन गरि पर्यटन प्रबद्र्धन गर्ने उदेश्य रहेको बताए । दीप प्रज्वलन कार्यक्रमका लागि मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । स्वस्थानी विशेष एक करोड दिप प्रज्वलन मूल समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी, उपाध्यक्ष खिमलाल पोख्रेल, सचिव गणेश ढकाल, कोषाध्यक्ष विपना थापा, गुरु कृष्ण प्रसाद गौतम रहेका छन् । स्वस्थानी एक करोड दीप प्रज्वलन विशेषकर्ता अमृता गौतम, कृष्ण गौतम र अनिशा घिमिरे रहेका छन् । दीप प्रज्वलन उपसमिति संयोजक दिननाथ ढकाल, स्वागत उपसमिति संयोजक धर्मनाथ अधिकारी, मिडिया व्यवस्थापन उपसमिति संयोजक राममणि अधिकारी, कर्ता व्यवस्थापन उपसमिति संयोजकमा हरि घिमिरे, प्रसाद वितरण उपसमिति संयोजक विभिन्न आमा समूहका अध्यक्षहरू, सरसफाई उपसमिति संयोजक रामभक्त थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->