पोखरा/ लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार बिहान १ बजेको समयमा लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई स्ट्रीट नम्बर ३ स्थित सडक छेउकाे साेलार पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । र्घटनामा गम्भीर घाइते भएका दुवैलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।





