बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकको प्रमुख अतिथि भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताए । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उनको नभनाई छ ।

महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको बताउँदै उनले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउँदा खुशी लागेको जनाए । ‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु । दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो,’ उनले भने, ‘नयाँ पुस्ताहरुलाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’ उनले लायन्स क्लबहरूले मानवीय सेवामा गरेका कार्यक्रमहरुको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->