पोखर/ नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशनले हिमलाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रमेश बोहरा र शुसिल कोइराला चयन गरेको हो ।
महासचिवमा उमेशचन्द्र देवकोटा, कोषाध्यक्षमा प्रवोद महतो कोइरी र सचिवमा भोलानाथ शर्मा चुनिएका छन् । त्यसैगरी सुर्य चपाई, कृष्णप्रसाद शर्मा, कृष्णबहादुर खड्का र मेषबहादुर घले सदस्यमा चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूले औषधि व्यवसायीहको हकहित संरक्षण तथा व्यवसाय प्रवर्द्धनका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





