बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका ४३ स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण

गण्डकीका ४३ स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८१, सोमबार

पोखरा/  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहमा न्याय निरुपण प्रक्रियामा देखिएका सवाल विषयक एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा भएको कार्यक्रममा ४३ वटा स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य र भर्खरै प्रदेश सरकारले नियुक्त गरेका न्यायिक सहजकर्ता सहभागी थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेका अनुसार न्याय सम्पादनका क्रममा देखिएका चुनौती र समस्याका बारेमा सम्वाद गरिएको थियो । न्याय सम्पादनका बारेमा भोगेका अप्ठेराका बारेमा जनप्रतिनिधिले अनुभव सुनाउँदा भर्खरै नियुक्त भएका सहजकर्तालाई पनि काम गर्न सजिलो हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै न्यायिक सहजकर्ताले सर्वसाधारण नागरिकलाई न्याय निरुपणको सहज अनुभूति गराउने गरी सेवा दिनुपर्ने बताएका थिए । साथै स्थानीय तहमा पठाइएका सहजकर्ताहरूलाई न्याय सम्पादनमा सहजता ल्याउनसमेत निर्देशन दिदै मुख्यमन्त्री पाण्डेले कानुनी ज्ञानको कमी, न्याय सम्पादनका समस्या तथा सही नियत हुँदाहुँदै देखिएको अफ्ठेरोलाई समाधान गर्न सहजकर्ता नियुक्त गरिएको बताए । प्रदेश सरकारले पालिका समेतको साझेदारीमा यो वर्ष ६३ पालिकामा न्यायिक सहजकर्ता नियुक्त गरेको छ । न्यायिक सहजकर्ता आएसँगै स्थानीय तहमा न्याय निरुपण सहज हुने अपेक्षा उपप्रमुख तथा उपाध्यक्षहरूले गरेका छन् । पूर्वसचिव रेश्मिराज पाण्डे र काशिराज दाहालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->