बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० मा

पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० मा


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८१, सोमबार

पोखरा/  गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुबीच पाल्पाको रानीमहलमा यही माघ ३० गते बुधवारका दिन अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरू, प्रमुख सचिवहरु, प्रदेशका सचिवहरू बैठकमा सहभागी हुनेछन्। २ प्रदेश मिलेर गर्न सकिने योजना, बिकास निर्माणलगायत विषयमा संभाव्यता अध्ययन र छलफल हुने गण्डकीका प्रमुख सचिव रघुराम विष्टले बताए ।

लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको बैठकमा संघीयता कार्यान्वयनका बारेमा पनि छलफल हुनेछ । बैठकले समृद्धि र बिकासका साझा सरोकारलाई सम्बोधन समेत गर्नेछ । साथै कर प्रणाली, राजस्व, रोयल्टी, पर्यटन लगायतका विषयहरूमा छलफल गर्दै एकरुपता कायम गर्ने विषयमा समेत छलफलु हुनेछ ।

बैठकपछि साझा प्रतिवद्धताको घोषणापत्र जारी हुनेछ । पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा रानीमहल रहेको छ । बैठकको सुरक्षा र व्यवस्थापनको जिम्मा पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->