बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी बहुप्राविधिकका उदास इन्जिनियरीङ्गतर्फ सर्वोत्कृस्ट

गण्डकी बहुप्राविधिकका उदास इन्जिनियरीङ्गतर्फ सर्वोत्कृस्ट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको ३७ औँ वार्षिकोत्सव तथा स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
परिषदका सदस्य सचिव महेश भटराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षा ब्यवहारिकताको शिक्षा बनाउन सरकार लागिरहेको बताउँदै प्राविधिक शिक्षाको सुधारका लागि सबै पक्ष लागि पर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव दिपक काफ्लेले शिक्षा ऐन छिट्टै जारी हुने विश्वास व्यक्त गर्दै शिक्षा सुधारका लागि मन्त्रालय लागिपरेको औल्याएका थिए ।
कार्यक्रमको अवसरमा हरेक वर्षझै परिषदले देशभर सञ्चालित ६५ आङ्गिक शिक्षालय, ६ सय ३९ टेक्स विद्यालय, ३ सय ५९ निजी शिक्षालय र ५८ साझेदारी शिक्षालयमा भर्ना वर्ष २०७७ का सर्वोत्कृष्ट विद्यार्थी घोषणा गरि सम्मान गरेको छ ।
सर्वोत्कृष्ट हुने विद्यार्थीहरुमा डिप्लोमा इन इन्जिनियरीङ्गतर्फ पोखरा महानगरपालीकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका छात्र उजेन उदास, स्वास्थ्य कार्यक्रमतर्फ फारवेस्ट टेक्निकल कलेजका छात्रा आकृती कुँवर, कृषी, वन, होटल म्यानेजमेन्टतर्फ मदन भण्डारी एकेडेमी उर्लाबारीकी छात्रा भुमिका खतिवडा रहेकी छन् । सर्वोत्कृष्ट विद्यार्थीहरुलाई स्थापना दिवसको अवसरमा पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->