बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दरगाउँटारका महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

दरगाउँटारका महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/ कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण शनिवार सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

स्थानीय सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.बालकुमारी शाहले वताइन् । उनको टिममा डा.निरुता बुद्ध, डा.पूजा घिमिरे, डा.सुरेश शाह र शुवेच्छा थापा रहेका थिए ।

हालसम्म पोखरा–१६ जुम्लेटी, पोखरा ७ घारीपाटन, फेदीखोला ३ भाटखोला स्याङ्जा, पोखरा ५ मालेपाटनमा ४६७ जनाको भिआईए परिक्षण भएकोमा २७ जनामा पाठेघरको संक्रमणको संकेत देखिएको क्लबका अध्यक्ष दिपेन्द्र शर्माले वताए । क्लबले २०८२ असार १५ मसान्त सम्म गण्डकी प्रदेशका १५ सय महिलाहरुको पाठेघरको मुखको क्यान्सर निशुल्क परिक्षण गर्ने लक्ष्य लिएको शर्माले वताए । उक्त कार्यको लागि रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिलको पनि सहकार्य रहदै आएको छ ।

सो अवसरमा रुपा गाउँपालिका–१ का अध्यक्ष रामबहादुर गोदारले ग्रामिण भेगमा वसोबास गर्ने महिलाहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन सहज नभएको अवस्थामा गाउँमै आएर महिला दिदीबहिनीहरुको स्वास्थ परिक्षण शिविर आयोजना गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगमी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताए । रोटरी डिस्ट्रिक्ट मेम्बरसिप चेयर सुबास सिग्देलले रोटरी क्बलले विगत लामो समयदेखि रुपा गाउँपालिका भित्र खानेपानी, विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको वताए ।कार्यक्रममा जनप्रतिनिधिहरू सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू, रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष पशुपति शर्मा, उपाध्यक्षहरु अमृत बास्तोला र पुष्पराज पराजुली, रोटरी क्लबका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->