बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न

‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेशकै एक मात्र आई.बी. प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा – १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे–२०८१’ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै नपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए ।

गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे । कार्यक्रममा विद्यालयका गतिविधि, यसले अवलम्बन गरेको शिक्षण पद्धति र अन्य विविध पक्षका बारेमा अभिभावक तथा सरोकारवालाहरूले जानकारी लिएका थिए । कार्यक्रममा विद्यार्थी तथा विभिन्न लोकप्रिय ब्यान्डहरूले साङगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रम स्थलमा फुड स्टल, पुस्तक प्रदर्शनी, स्टीम प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो । विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले विद्यालयले विविध क्षेत्रमा सकारात्मक फड्को मारिरहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा लिनकै लागि पोखरा छोडनुपर्ने अवस्थालाई अन्त्य गर्न फिस्टेल एकेडेमीको स्थापना भएको हो र सोही लक्ष्यलाई पूरा गर्न विद्यालय लागेको छ ।’

विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरूले प्यानल डिस्कससमेत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय रिजा श्रेष्ठ र साइरिन गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->