बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेशमा साढे ४५ हजार बढी विद्यार्थी एसईई परीक्षा दिदैँ

गण्डकी प्रदेशमा साढे ४५ हजार बढी विद्यार्थी एसईई परीक्षा दिदैँ

सबैभन्दा बढी कास्कीमा ११ हजार ६० र सबैभन्दा कम मनाङमा जम्मा ४६ जना परीक्षार्थी छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०८१, शनिबार

पोखरा/ यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशभरीबाट ४५ हजार ७ सय ९६ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा बिकास निर्देशनालय, गण्डकी प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशका ११ जिल्लामा २०४ परीक्षा केन्द्र तोकिएको छ ।

निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार १५, प्राविधिक तर्फ (नियमित) १३९० र ग्रेडबृद्धिका लागि ७ हजार ३ सय ९१ छन् । परीक्षार्थीमा सबैभन्दा बढी कास्कीमा ११ हजार ६० जना र सबैभन्दा कम मनाङमा जम्मा ४६ जना छन् । यसैगरी नवलपुरमा ६ हजार ४ सय २२, तनहुँमा ६ हजार ३ सय २, स्याङजामा ४ हजार ९ सय ७६, बागलुङमा ४ हजार ८ सय ६७ विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । त्यस्तै गोरखामा ४ हजार ४ सय ६२, लमजुङमा २ हजार ९ सय ४१, पर्वतमा २ हजार ३ सय ५, म्याग्दीमा २ हजार २ सय १६ र मुस्ताङमा १९९ जना एसईईमा सहभागी हुने पौेडलले बताए ।

गोरखामा २३, मनाङ र मुस्ताङमा १/१, लमजुङमा १६, कास्कीमा ३६, तनहुँमा २६, स्याङजामा २४, म्याग्दी र पर्वतमा ९/९, बागलुङमा ३१ र नवलपुरमा २८ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षालाई मर्यादित रुपमा सम्पन्न गर्न २०४ केन्द्राध्यक्ष, ४०९ सहायक केन्द्राध्यक्ष, २ हजार ३ सय ९० निरीक्षक, ५५६ परीक्षा सहायक, एक हजार ५ जना कार्यालय सहयोगी र ३ हजार ६० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । निर्देशनालयका अनुसार गोरखाका १४०, मनाङका ४, लमजुङका एकसय, कास्कीका २९३, तनहुँ र स्याङजाका समान १७७, मुस्ताङका १२, म्याग्दीका ७६, बागलुङका १५३, पर्वतका ९२ र नवलपुरका १५० गरी १ हजार ३ सय ७४ सामुदायिक र संस्थागत विद्यालय परीक्षामा सहभागी हुनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->